
सामाजिक कार्यमा सक्रिय रहदै आएको पहिलो पाईला नेपाल दमक र हिमालयन योङ टाईगरले इलामको एक विद्यालयका विपन्न विद्यार्थीहरुलाई भाग्य बोक्ने झोला, सुइटर, कापी तथा खेलकुदका सामाग्री प्रदान गरेको छ ।
पहिलो पाईला दमकका अध्यक्ष दीपक खड्काका अनुसार पहिलो पाईलाकोतर्फबाट इलामको रोङ्ग गाउँपालिका–२ स्थित शान्तिपुर माविका ४५ विद्यार्थीहरुलाई शिक्षाका लागी भाग्य बोक्ने झोला र दुई/दुई ओटा कापी सहयोग गरिएको छ ।
त्यस्तै योङ्ग टाईगरकातर्फबाट २५ जना विद्यार्थीहरुलाई न्यानो कपडा सुइटर र खेलकुदका सामाग्री वितरण गरिएको खड्काले जानकारी दिनुभयो ।
कार्यक्रममा हिमालयन योङ्ग टाईगरका अध्यक्ष राजु अधिकारी, पहिलो पाईलाका उपाध्यक्षहरु सुरेश बराल, निशा घिमिरे, सचिव मेघनाथ फुयाँल,सल्लाहकार राजु खड्का, पहिलो पाईलाका सविना साम्पाङ्ग, विष्णु राई लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रममा विद्यालयले सामजिक अभियानमा जुटेको सो टोलीका पदाधिकारीहरुलाई सम्मान समेत गरेको थियो ।