
चर्चित अमेरिकन नायिका किम कार्दशियनले तेस्रो पटक सम्बन्ध विच्छेद गर्ने भएकी छिन् । उनले यसअघि २ पटक सम्बन्ध विच्छेद गरिसकेकी छिन् ।
उनले विवाहको ७ वर्षपछि पति कान्ये वेस्टसँगको सम्बन्ध टुंगाउने निर्णय लिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनीहरू करिब २ महिना अगाडिदेखि अलग अलग बस्दै आएको बताइएको छ । किम हलिउडकी एक चर्चित सेलिब्रिटी टिभी स्टार समेत हुन् । उनले केही शोहरूमा काम समेत गरिसकेकी छिन् ।
उनी ४ सन्तानकी आमा भएको समेत बताइएको छ । किमले सन् २००० मा डेमन थोमससँग पहिलो पटक विवाह गरेकी थिइन् । त्यो सम्बन्ध मुश्किलले ४ वर्ष टिकेको बताइएको छ ।
त्यसपछि उनले बास्केटबल प्लेयर क्रिस हेम्पशायरसँग विवाह गरिन् । विवाहको ७२दिनपछि उनले डिभोर्स दिएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यस पछि उनले कान्ये वेस्टसँग विवाह गरेकी हुन् । विवाहको ७ वर्षपछि यो सम्बन्ध पनि टुंगिन लागेको बताइएको छ ।