ओटिटीलाई ‘राधे’ बिक्री नगर्न सलमान खानलाई चलचित्र वितरककाे पत्र

कोरोना भाइरस महामारीको कारणले सबै क्षेत्र प्रभावित भयो। लकडाउन खोलेपछि बलिउड इन्डस्ट्रीमा काम पनि बिस्तारै सुरु भईरहेको छ।

सन् २०२० नराम्रो भए पनि २०२१ लाई आशा भरिएको वर्ष भनिएको छ। सन् २०२१ मा बलिउडका ठूला स्टारको चलचित्र प्रदर्शनको तयारीमा छ। जसमध्ये सलमान खानको चलचित्र ‘राधे’ पनि एक हाे ।

केही समयदेखि यो चलचित्रलाई ओटिटीमा प्रदर्शन गर्ने भनिएको थियो । त्यसको लागि सलमानले महङ्गो मूल्यमा चलचित्र बेच्दै गरेको खबर पनि सार्वजनिक भएको थियो।

भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार सलमानको उक्त चलचित्र ‘जी स्टुडियो’ ले खरिद गरेको छ। जी स्टुडियोले २३० करोडमा राधेको डिजिटल राइट्स खरिद गरेको जनाइएको छ। यो डिललाई ओटिटीमा भएको अहिलेसम्मकै सबैभन्दा महंगो डिल मानिएको छ।

यो चलचित्र सलमानका फ्यानका लागि प्रत्याशित चलचित्र मानिन्छ। सन् २०२० मा छायाँकन सुरु भएको यो चलचित्र लकडाउन पछिमात्र पूरा छायाँकन भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय