
रुसका दश लाखभन्दा बढी मानिसलाई कोरोनाभाइरस विरुद्धको खोप स्पुट्नीक भी खोप दिइएको छ ।
खोप उत्पादक संस्थाले खोप लगाइएको सम्बन्धी विवरण सामाजिक सञ्जाल ट्वीटर मार्फत सार्वजनिक गरेको हो ।
कोरोनाभाइरस विरुद्धको खोप विकास गरिएको दाबी गर्नेमा रुस सबैभन्दा अगाडि थियो । जसले अगस्ट ११ मा खोप विकास गरिएको घोषणा गरेको थियो ।