काठमाडौं । अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर र फेसबुक अकाउन्ट निलम्बनमा परेको छ । अमेरिकाको संसद भवन क्यापिटल हिलमा भएको आक्रमणमा सहभागीलाई समर्थकहरूको पक्षमा सामाजिक सञ्जालमा लेखेसँगै फेसबुक र ट्वीटरबाट उनलाई निलम्बन गरिएको हो ।

उनले उक्त सामाजिक सञ्जालमा पोष्ट गर्दै आन्दोलनकारीलाई घर जाऊ भन्नुभन्दा पहिले ‘म तिमीलाई माया गर्छु’ भनेका थिए । साथै उनले चुनावी फ्रडको बारेमा पनि झुटो दावी गरेका थिए ।

‘हाम्रो नागरिक अखण्डता नीतिको गम्भीर उल्लंघन भएकाले उनका तीनवटा ट्वीट हटाउनुपर्ने भएको छ’, ट्वीटरले भन्यो, ‘राष्ट्रपतिको अकाउन्टबाट उक्त ट्वीट नहटाइएको खण्डमा उक्त अकाउण्डलाई लक गरेर राख्नु नै राम्रो हो ।’

भविष्यमा ट्वीटर नियमको उल्लंघन भएको खण्डमा ट्रम्पको अकाउन्टलाई सँधैका लागि निलम्बन गरिनेछ । उनले ट्वीटरको नीतिलाई कहिले ध्यान दिएका छैनन् ।

यसका साथै फेसबुकले पनि ट्रम्पलाई २४ घण्टाको लागि प्रतिबन्ध लगाएको छ । ‘हामीले उक्त पोष्ट हटायौं किनकि हामी सन्तुलनमा विश्वास गर्दछौं,’ फेसबुकले भन्यो, ‘यसले चलिरहेको हिंसाको जोखिमलाई अझ बढवा दिने भएकाले हामीले उनको पोष्ट हटाएका हौं,कम नगरी योगदान पु¥याउँछ।’

फेसबुक र ट्वीटरका साथै युट्युवले पनि उनको भिडियो हटाएको छ । यसैबीच वाशिङ्टन डीसीमा भएको हिंसात्मक घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय