अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले राजधानी वासिङ्गटन डिसीस्थित संसद भवनमा आक्रमण गरेपछि ह्वाइट हाउसका कम्तिमा चार अधिकारीले राजीनामा दिएका छन् ।

राष्ट्रपति ट्रम्पको उक्साहटमा हतियारसहित भिडले संसद भवनमा तोडफोड तथा हिंसात्मक गतिविधि गरेको थियो । सो हिंसाका कारण अहिलेसम्म चारजनाको मृत्यु भएको पुष्टि भएको छ ।

नोभेम्बर ३ को चुनावमा डेमोक्र्याट जो बाइडेनसँग पराजित भएका ट्रम्पले नतिजा उल्ट्याउनका लागि बिद्रोहको बाटो अपनाएको भन्दै आलोचना भइरहेको छ ।

अमेरिकी प्रजातन्त्रमाथि राष्ट्रपतिबाट गम्भीर आक्रमण भएको भन्दै डेमोक्र्याट तथा रिपब्लिकनहरुले निन्दा गरेका छन् । विश्वभरका नेताहरुले भने घटनाको निन्दा गरेका छन् ।

यसैबिच हिंसात्मक गतिविधिमा ट्रम्पको प्रतिक्रियासँग असहमति जनाउँदै अहिलेसम्म चारजना उच्च अधिकारीले राजीनामा दिएका हुन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार ह्वाइट हाउसका डेपुटी नेशनल सेक्युरिटी एड्भाइजर म्याट पोटिङ्गरले राजीनामा दिएका छन् ।

राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ’ब्रिएनले पनि राजीनामा दिने तयारी गरेको बताइएको छ । उनी ट्रम्पका समर्थक हुन् लामो समयदेखिका । यस्तै डेपुटी चिफ अफ स्टाफ क्रिस लिड्डेलले पनि राजीनामाको तयारी गरेको सिएनएन र ब्लूमबर्गले जनाएका छन् ।

आन्तरिक आतंकवाद तथा बिद्रोही गतिविधिका रुपमा चित्रित गरिएको घटनापछि प्रथम महिला मिलानिया ट्रम्पकी चिफ अफ स्टाफ तथा ट्रम्पकी पूर्व प्रवक्ता स्टेफानी ग्रिसह्यामले राजीनामा दिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah