
करीना कपूर र सैफ अली खानका छोरा तैमूरले सारा बलिउडलाई लट्ठ बनाएका छन् ।
अभिनेत्री र नर्तकी नोरा फतेहीले त एक कदम अघि बढेर तैमूरसँग बिहे मन लागेको भनिदिइन् ।
करीनाको शो ह्वाट विमेन वान्ट नामक शोमा नोरा पुगेकी थिइन् । सैफलाई नोराको डान्स मुभ मन परेको करीनाले सुनाइन् ।
त्यसपछि नोराले भनिन्, ‘तैमूर छिटो ठूलो होऊन् अनि सैफले मेरो र तैमूरको बिहेको बारेमा सोचे हुन्छ ।’
करीनाले जवाफ दिइन्, ‘ऊ जम्मा चार वर्षको छ । ठूलो हुन धेरै वर्ष लाग्छ ।’
अनि नोराले हाँस्दै ‘केही छैन, म प्रतीक्षा गर्छु’ भनिन् ।
तैमूर अली खान जन्मेदेखि नै फ्यान फलोइङ राम्रो छ । सामाजिक सञ्जालमा उनी छाएका छन् । उनका तस्वीरहरू भाइरल भइरहेका हुन्छन् ।
करीनाको अर्को सन्तान पनि हुन लागेको छ ।