काठमाण्डाै - विद्युतीय कार बनाउने कम्पनी टेस्लाका सीईओ एलन मस्क विश्वको सबैभन्दा धनी व्यक्ति बन्नुभएको छ ।

ब्लुमबर्गले जारी गरेको २०२० का अर्बपतिहरुको सूचीमा उहाँले अमेजनका संस्थापक जेफ बेजाेसलाई समेत पछि पार्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मस्कको आम्दानी १ सय ८८ बिलियन अमेरिकी डलरभन्दा धेरै छ । अमेजनका संस्थापकको आम्दानी १ सय ८७ बिलियन अमेरिकी डलर छ । टेस्लाको शेयरमा निरन्तर वृद्धि भइरहेको छ । यो सूचीमा ५ सय अर्बपति सामेल छन् ।

२७ सय बिलियन अमेरिकी डलर सम्पत्ति भएका एलनले यो वर्ष १ सय ५० बिलियन अमेरिकी डलर सम्पत्ति आर्जन गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।