दमक/ जेसिजको नयाँ नेतृत्वको जिम्मेवारी सुयोग खरेलले पाएकाछन् । उनि सर्वसम्मत अध्यक्ष बनेकाहुन् । दमकका उदयमान युवा ब्यवसायी खरेलले अघिल्लो बर्ष अध्यक्षमा उम्मेद्वारी दिएपनि जेसिज लिडरहरुको आग्रह अनुसार अध्यक्षको उम्मेद्वारी फिर्ता लिएका थिए ।

दमक जेसिजका सबै पदहरुमा अनुभव संगालेका उनि बाट दमक जेसिजले ठुलो अपेक्षा गरेको सर्वसम्मत बनाउन लागिपरेका जेसिजकर्मीहरुको भनाई छ । जेसिजको गरिमालाई उच्च बनाउनका लागि खरेलले काम गर्ने अपेक्षा लिईएको छ, जेसिज एक अगुवाले भने ।

अध्यक्षमा दाबेदारी प्रस्ततु गरेका मुकेश अग्रवाल, नीरज आचार्य र संजिब बरालले उम्मेद्वारी फिर्ता लिएर खरेललाई अध्यक्ष बन्ने बाटो खुलाएकाहुन् । आफुलाई सर्वसम्मत बनाउन सहयोग गर्ने अध्यक्षको उम्मेद्वारी प्रस्तुत गरेका सहकर्मी र सम्पूर्ण जेसिज सदस्यहरुप्रति आभार प्रकट गर्दछु, खरेलले भने ।

उनले सबै जेसिज सदस्य तथा लिडरहरुको सहयोग र सल्लाह अनुसार नै अघि बढ्ने पनि बताएकाछन् । यो अवसर कसैको त्याग, कसैको सहयोग र सबैको सदभावबाट आएको मैले बुझेको छु, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय