
काठमाडौं । इण्डोनेशियामा दुर्घटनाग्रस्त भएको प्लेनका मानिस खोज्न गएको रेस्क्यू टीमले मानव शरीरका क्षतविक्षत अंग फेला पारेको छ । जावा सागरबाट रेस्क्यू टीमले आईतवार बडी पार्ट्स, कपडाहरु फेला पारेको हो ।
प्लेन बोइंग ७३७ ५०० शनिवार जकार्ताको नजिक समुन्द्रमा दुर्घटना भएको थियो । प्लेनमा ६२ जना सवार थिए । श्रीविजया एयरको फलाइट्को नम्बर एसजे १८२ थियो ।
बोइंग ७३७ ५०० क्लासको यो प्लेनले जकार्ताको सुकर्णो हट्टा हवाई अड्डाबाट उडान भरेको थियो । उडान भरेको ४ मिनेटपछि नै विमान बेपत्ता भएको थियो । त्यो बेला विमान १० हजार फीटको उचाईमा थियो ।
अहिले वार शिप र हेलिकप्टर रेस्क्यूमा लागेका छन् ।