बेलायतको बकिंघम प्यालेसले क्विन एलिजाबेथ र प्रिन्स फिलिपले कोरोनाभाइरसको भ्याक्सिन लगाएको जानकारी दिएको छ ।

बकिंघम प्यालेसका अनुसार क्विनले आफूलाई कोरोनाको भ्याक्सिन लगाइएको जानकारी सबैलाई होस् भन्ने चाहेकी छिन् र विभिन्न अड्कलबाजीमाथि बिराम लागोस् भन्ने पनि उनको चाहना छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

क्लिन एलिजाबेथ ९४ वर्षकी हुन् भने प्रिन्स फिलिप ९९ वर्ष पुगिसकेका छन् ।

बेलायतमा लगभग १५ लाख व्यक्तिलाई अहिलेसम्म कोरोना भ्याक्सिनको पहिलो डोज दिइसकिएको छ ।