काठमाडौं । भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली पिता बनेका छन् ।

अभिनेत्री अनुष्का शर्माले आज छोरीलाई जन्म दिएकी हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अनुष्काले मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज दिउँसो छोरीलाई जन्म दिएकी हुन् । विराटले सोसल मिडियामा यसको जानकारी दिएका छन् ।

उनले पोस्टमा लेखेका छन्, ‘हामी दुबैलाई यो भन्न पाउँदा खुशी लागेको छ, आज दोश्रो प्रहरमा छोरीको जन्म भयो, हामी तपाईहरुको माया र मंगलमय शुभकामनाका लागि हृदयतः आभारी छौँ ।’