काठमाडौं । यश स्टारर साउथ इण्डियन फिल्म ‘केजीएफ च्याप्टर-२’ पहिलो झलक दर्शकले धेरै मन पराएका छन् ।

३ दिनमा यो टीजर हेर्नेको संख्या १३ करोड ७२ लाख ५४ हजार ७८६ पुगेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो नेपालमा समेत ट्रेण्डिङ एकमा रहेको छ ।

यस टीजर हेरेपछि बलिउडका ग्रीक गड भनिने अभिनेता ऋतिक रोशनले पनि टीजरको तारिफ गरेका छन् ।

उनले सोसल मिडियामा लेखेका छन्, ‘क्या जबरदस्त ट्रेलर छ ।’

फिल्ममा यशको भूमिका महत्वपूर्ण छ, मुख्य भिलेनको भूमिकामा सञ्जय दत्त रहेका छन् । फिल्म पाँच भाषामा रिलीज हुनेछ ।

https://youtu.be/Qah9sSIXJqk