काठमाडौं । फ्रान्स सरकारका प्रवक्ता गेब्रियलस एटलले देशमा अब लकडाउन हटाउने तयारी थालिएको बताएका छन् ।यूरोपको एक रेडियो स्टेशनलाई दिएको अन्तर्वार्ताका क्रममा उनले यो जानकारी दिएका हुन् ।

उनले भने, ‘धेरै समय यता लकडाउनको पालन गराउन लगाइएको छ, अब सधैँ लकडाउन गरेर मात्रै चल्दैन, त्यसैले लकडाउन हटाउनको लागि तयारी थालेका छौँ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले अब लकडाउनको आवश्यक नरहेको पनि बताएका छन् । ‘तर अवस्था नबिग्रियोस् भन्नलाई हेल्थ डिपार्टमेन्टको नियम पालना राख्नुपर्नेछ’ उनले भने ।

फ्रान्सले यो महिनामा २० लाखमा कोरोना भ्याक्सिन लगाउने प्लान बनाएको छ ।