काठमाडौं । नेकपा दाहान–नेपाल समुहका नेता पुष्पकमल दाहाल प्रचण्डले सूर्य चिन्ह आफ्नै पार्टीको हुने बताएका छन् ।

सूर्य चिन्ह नपाए मुलुकमा आँधीबेहरी आउने चेतावनी दिएका छन् । दाहाल–नेपाल समुहको काठमाडौं जिल्ला भेलालाई बुधवार सम्बोधन गर्दै प्रचण्डले निर्वाचन आयोगले पनि सूर्य चिन्ह दिनेमा आफुलाई विश्वास दिलाएको दावी गरे । ‘सूर्य चिन्ह र पार्टीको आधिकारिकता हाम्रै हुन्छ । यदि भएन भने यहाँ आँधिहुरी वतास आउछ ।’ उनले भने ।

दुई तिहाई बहुमतले हटाइसकेको केपी ओलीलाई निर्वाचन आयोगले अध्यक्षकै रुपमा मानेर पत्राचार गरेकोमा पनि आफूहरुले आपत्ति जनाएको प्रचण्डले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय