इन्डोनेसियाको गुफामा ४५ हजार वर्ष पुरानो भित्तेचित्र फेला परेको छ।

पुरातत्त्वविद्हरूले जङ्गली सुँगुरको उक्त चित्र गुफाको भित्तामा कोरिएको अवस्थामा फेला पारेको बीबीसीले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चौडाइ ५३ इन्च र लम्बाइ २१ इन्च रहेको उक्त चित्रमा देखिएको जीवको अनुहारमा सिङजस्तै गाँठाहरू छन्। त्यस्ता अवयव उक्त प्रजातिको जङ्गली सुँगुरको भालेका विशेषता हुन्।

यो अहिलेसम्म भेटिएका त्यस्ता कलाकृतिमा सबैभन्दा पुरानो भएको बताइएको छ।

गाढा रातो गेरु रङ्ग प्रयोग गरी कोरिएको चित्र सुलावेसी द्वीपको एउटा दुर्गम उपत्यका अवस्थित लिएङ टेडोङ्गे गुफामा छ।

A warty pig painted on a cave wall 45,500 years ago is the world's oldest  depiction of an animal - CNN Style

उक्त चित्रले सो क्षेत्रमा मानव बसोबास रहेको पुरानो प्रमाण उपलब्ध गराएको विज्ञहरुको भनाइ छ।

गुफामा चित्रमाथि क्याल्साइट अर्थात् चुन जमेको पत्ता लगाएपछि यूरेनीअम–सिरिज आइसटोप विधि प्रयोग गरेर चुन कति अघि जमेको थियो त्यो पत्ता लगाएका थिए।

त्यसबाट उक्त चित्र कम्तीमा ४५,००० वर्ष पुरानो भएको निश्चित भएको हो।

New Scientist on Twitter: