प्योङयाङ : उत्तर कोरियाले नयाँ ब्यालिस्टिक मिसाइल सार्वजनिक गरेको छ । सो मिसाइललाई उसले ‘संसारकै सबभन्दा शक्तिशाली अस्त्र’ भएको दाबी गरेको छ ।

'विश्वकै सबैभन्दा शक्तिशाली अस्त्र पनडुब्बीबाट प्रहार गरिने ब्यालिस्टिक क्षेप्यास्त्र क्रान्तिकारी सशस्त्र फौजहरूको शक्ति प्रदर्शन गर्दै एकपछि अर्को गरी स्क्वायरमा प्रवेशमा गरेको छ', कोरियन सेन्ट्रल न्यूज एजेन्सीले भनेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सैनिक परेडका अवसरमा अन्य मिसाइलसमेत प्रदर्शन गरिएको थियो । प्रदर्शनको अवलोकन सर्वोच्च नेता किम जोङ उनले गरेका थिए ।

नेता किमले उत्तर कोरियाको ‘प्रधान शत्रु अमेरिका’ रहेको बताउँदै आएका छन् ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनको शपथ ग्रहण कार्यक्रमभन्दा केही दिनअघि उत्तर कोरियाले आफ्नो सैनिक सामथ्र्य प्रदर्शन गरेको हो । यसले पनि अमेरिकाप्रति उत्तरको आफ्नो नीति प्रष्ट पार्ने विश्लेषकहरूले बताएका छन् ।

विश्लेषकहरूले यसअघि नदेखिएका अस्त्रहरू समेत उत्तर कोरियाले प्रदर्शन गरेको बताएका छन् ।