काठमाडौं- विदेशी गिरोहसँग मिलेर नेपालमा सामाजिक सञ्जालमार्फत् ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। महानरीय प्रहरी परिसर ललितपुरले ठगीको आरोपमा दुई जनालाई पर्साबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा पर्साको पाकाहामैनपुर गाउँपालिका–४ का २८ वर्षीय अजय भन्ने प्रमोद साह र पर्साको बहुदरमाई नगरपालिका–८ का ३९ वर्षीय मेवालाल साह तेली छन्।

स्काई मोबाइल नामको फेसबुक पेज बनाएर मोबाइल, ल्यापटप, आइप्याडलगायतका सामान सस्तोमा दिने भन्दै विज्ञापन देखाएर ठगी गरेको पाइएको परिसर प्रमुख एसएसपी किरण बज्राचार्यले बताइन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विदेशीहरुले फेसबुक पेज बनाउने र केही प्रतिशत छुटमा मोबाइललगायतका सामान दिने भन्दै सम्पर्कका लागि विभिन्न विदेशी नम्बरहरु समेत राख्ने गरेको पाइयो,’ एसएसपी बज्राचार्यले भनिन्, ‘अर्कोतफ विश्वासमा दिलाउन छुटमा आइफोन १२ पाएको भन्ने भिडियो समेत राखेर विश्वासमा दिलाएर ठगी गर्ने रहेछन्।'

विदेशीका योजनाअनुसार नेपालमा अजय र मेवालालले पर्सामा बसेर काम गरेका थिए। सस्तोमा मोबाइल ३० प्रतिशतसम्म रकम सुरुमा पठाउनु पर्ने भन्दै इसेवामार्फत ट्रान्सफर गर्न लगाउने गरेको अनुसन्धानबाट खुलेको छ। रकम पाएपछि ती व्यक्तिहरुको सम्पर्कबाट बाहिरिने गरेको पाइएको छ। यसरी संकलन गरेको रकममध्ये केही प्रतिशत अजय र मेवालालले राखेर बाँकी रकम विदेशी गिरोहलाई पठाउने गरेको अनुसन्धानबाट खुलेको छ।