सय भन्दा बढी यात्रु बोकेको एक बर्मेली सैनिक विमान सम्पर्क विहीन भएको छ । बर्मेली सेनाका अनुसार विमान याङ्गन (रङ्गुन) र दक्षिणी सहर मिएकको बीचमा थियो ।
स्थानिय समय अनुसार दिउँसो १ः३५ मा दावे सहर भन्दा तीस माईल पश्चिममा विमान अचानक सम्पर्क विहीन भएको हो । विमानमा एक सय पाँच यात्रु र एघार चालक दल रहेको ए.एफ.पिले जनाएको छ ।
विमान एन्डमन सागर तर्फ उडिरहेको थियो । घटना बारे छानबिन गर्न त्यस क्षेत्रमा सैन्य विमान र हेलिकप्टर पठाइएको छ ।



