काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू संविधानको कुन धाराअन्तर्गतको प्रधानमन्त्री हो स्पष्ट पार्न आग्रह गरेका छन्। नेकपा दाहाल-नेपाल पक्षका विद्यार्थीहरूले आयोजना गरेको उपत्यका स्तरीय कार्यकर्ता भेलामा बोल्दै रावलले यस्तो आग्रह गरेका हुन्। ‘प्रधानमन्त्रीजी, तपाईं नेपालको संविधानको कुन धारा अन्तर्गतको प्रधानमन्त्री हो?,’ उनले प्रश्न गरे।

राष्ट्रपतिले प्रतिनिधिसभा विघटनको सिफासिस अनुमोदन गर्दा संविधानको धारा ७५ को उपधारा १ र ७ को उल्लेख गरेकी छन्। तर राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत प्रधानमन्त्रीमा नियुक्त गरिएको उल्लेख गरिएको थियो।

संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत प्रधानमन्त्री बनेको व्यक्तिले सोही धाराको उपधारा १ प्रयोग गरी प्रतिनिधि सभा विघटन गर्नु नै असंवैधानिक भएको भन्दै प्रश्न उठ्न थालेको छ। तर कुनै पनि दलले स्पष्ट बहुमतको प्राप्त गरेको अवस्थामा मात्र संविधानको उपधारा १ अनुसार प्रधानमन्त्री बन्न सक्ने व्यवस्था गरिएको छ। तर प्रधानमन्त्री ओलीले भने आफू बहुमतको प्रधानमन्त्री भएपनि आफूलाई पार्टीले नै काम गर्न नदिएको भन्दै प्रतिनिधि सभा विघटन गर्नुपरेको बताउँदै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय