काठमाडौं,२० असोज । भारत–पाक तनाव चर्किंदै जाँदा पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले संसद्को संयुक्त बैठकलार्य बुधबार सम्बोधन गर्दै आफू शान्तिको पक्षमा भएको र आतंकवाद अन्त्य आफ्नो लक्ष रहेको बताएका छन् । कस्मिर अशान्तिमा भारतको हात रहेको उनको दाबी थियो ।

आजको अन्नपूर्ण पोस्टमा खबर छ– आफूहरुले युद्ध नचाहेको उनले स्पष्ट पारे । आफूले शान्तिको वकालत गरेको विषयलाई कसैले कमजोरी सम्झन नहुने उनको धारणा थियो । सरिफले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नामै नलिई भने, ‘उनले बेरोजगारीमाथि विजय प्राप्त गर्नु हाम्रो लक्ष हो भन्छन् भने आगो र बारुदबाट यो सम्भव छैन । बारुदको खेती गरेको ठाउँमा खुसीको बाली उम्रन सक्दैन ।’

टाइम्स अफ इन्डियाको रिपोर्टअनुसार अमेरिकाले भारत–पाक तनाव कम गर्न निरन्तर संवादको आग्रह गरेको छ । ‘भारत र पाकिस्तानी सैनिक सम्पर्कमा रहेको हामीलार्य थाहा छ, हामी यस्ता छलफलको निरन्तरतालाई प्रोत्साहित गर्छौं,’ अमेरिकी रक्षा मन्त्रालयका सञ्चार अधिकृत पिटर कुकले मंगलबार भनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय