काठमाडौं– के तपाईंले ड्यागन फ्रुटको सेवन गर्नु भएको छ ?

यो फलको नाम र फको स्वरुप हेर्दा अनौठो लागे पनि यो फल खाँदा यसको स्वाद अति नै मिठो हुन्छ ।

यसलाई सबैभन्दा पहिला मेक्सिको, दक्षिण अमेरिका र मध्य अमेरिकामा फलाइन्थो, तर अहिले यसको खेती नेपालमा पनि हुन थालेको छ ।

यो फलबाट हुने लाभका कारण यसलाई सूपरफूड पनि भनिन्छ ।

वास्तवमा यसमा क्यालोरीको मात्रा कम पाइन्छ र यो एन्टिअक्सिडेन्ट गुणले भरिपूर्ण हुन्छ ।

त्यो बाहेक यो भिटामिनदेखि क्याल्शियम, फस्फोरस, आइरन र सोडियम जस्ता खनिजहरुले भरिपूर्ण हुन्छ ।

ड्यागन फ्रुटले बढाउँछ इम्यूनिटी

यो फलमा भिटामिन सी पर्याप्त मात्रामा पाइन्छ । यसले इम्यूनिटी अर्थात रोग प्रतिरोधक क्षमतालाई बलियो बनाउन सहयोग गर्छ । यो बाहेक यसले शरीरमा अन्य एन्टिअक्सिडेन्टलाई बढाउन पनि सहयोग गर्छ । यसको सेवन ब्याक्टेरिया र फंगल संक्रमणबाट बचाउनमा पनि लाभकारी हुन्छ ।

पाचन प्रक्रिया राम्रो बनाउन

यदि तपाईंलाई अपच अथवा कब्जियत जस्तो पेटसंग सम्बन्धित समस्या छ भने ड्यागन फ्रुटको सेवन तपाईंका लागि फाइदाजनक हुन सक्छ । वास्तवमा यो फल फाइबरले भरिपूर्ण हुन्छ । यसमा पानीको मात्रा पर्याप्त हुन्छ, त्यसैले यो फलको सेवनले कब्जियतको समस्याबाट ग्रसित मानिसलाई लाभकारी हुन सक्छ ।

मधुमेहमा पनि लाभदायक

ड्यागन फ्रुटको सेवन मधुमेह (डायबिटीज) मा पनि फाइदाजनक हुन्छ । वास्तवमा यसले ब्लड शुगर कम गर्न प्रभावकारी भएको छ । विशेष गरेर ती मानिसहरुका लागि जो टाइप २ डायबिटीजबाट पिडित हुन्छन् । यदि तपाईं मधुमेहबाट पिडित हुनुहुन्छ भने तपाईंले ड्यागन फ्रुटको नियमित सेवन गर्नु आवश्यक छ ।

हड्डिका लागि पनि फाइदाजनक

ड्यागन फ्रुटमा क्याल्शियमबाट भरिपूर्ण हुन्छ, जसले हड्डिलाई स्वास्थ बनाइ राख्न सहयोग पुऱ्याउँछ । यसको सेवनले गिजा र दाँत पनि बलियो बनाउँछ । यस बाहेक यो फल आखाका लागि पनि लाभदायक छ । यसको सेवनले मोतिबिन्दु हुनबाट रोक्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah