माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टीका तर्फबाट सरकारमा पठाइएका नाममा घुमाउरो शैलीमा असहमति जनाएका छन् ।

श्रेष्ठले बुधबार राति १० बजे सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो असन्तुष्टि सावर्जनिक गरेका हुन । श्रेष्ठले राजनीतिलाई फोहोरी खेल बनाउन नहुनेमा जोड दिएका छन् । राजनीतिलाई फोहोरी खेल नै बनाइरहने हो भने यत्रो बलिदान र परिवर्तनको के अर्थ ? भन्ने प्रश्न श्रेष्ठले गरेका छन् ।

‘राजनीति लाई सत्ताको फोहोरी खेल नै बनाइरहने हो भने यत्रो बलिदान र परिबर्तनको के अर्थ ? अनि हामी राजनीतिमा रहिरहनु को पनि के अर्थ रहन्छ र ? बदलौं’, श्रेष्ठले भनेका छन् ।

माओवादी केन्द्रको बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हेडक्र्वाटर बैठकले कृष्णबहादुर महराको नेतृत्वमा शेरबहादुर देउवा सरकारमा सहभागी हुने निर्णय गरेको थियो । महरा उपप्रधानसहित परराष्ट्र, जनार्दन शर्मा गहृ र प्रभु साहले बिनाविभागीय मन्त्रीको बुधबारै सपथ लिएका छन् ।

श्रोतका अनुसार श्रेष्ठ नेता गिरिराजमणि पोखरेलको नेतृत्वमा सरकारमा नयाँ टिम पठाउनुपर्ने भन्नेमा थिए । तर, आफ्नो असहमतिबीच निर्णय भएकामा उनको असन्तुष्टि बाहिर आएको हो । पोखरेल माओवादीमा क्षमतावान र निस्कलंक नेताका रुपमा चिनिन्छन् ।

यसअघि उनी केपी ओली नेतृत्वको सरकारमा शिक्षामन्त्री थिए । पूर्वएकता केन्द्र पृष्ठभूमिकै कारण पोखरेलमाथि अन्याय भएको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah