अस्ट्रेलिया र भारतबीचको अन्तिम टेस्ट म्याच तीन विकेटले जितेर भारतले शृंखलामा कब्जा गरेको छ । अन्तिम दिन ३२९ रनको लक्ष्य भारतले सात विकेट गुमाएर ९७ ओभरमा पूरा गरेको हो ।विकेटकीपर ब्याट्स्म्यान ऋषभ पन्तले नटआउट ८९ रन बनाएर भारतको जीत सुनिश्चित गरे । यसअघि शुभमन गिलले ९१ र चेतेश्वर पुजाराले ५६ रन बनाएर भारतको जीतको बाटो बनाएका थिए ।टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो इनिङमा ३६९ रन बनाएको थियो । जवाफमा भारत ३३६ रनमा अलआउट भएको थियो । दोस्रो इनिङमा अस्ट्रेलिया २९४ रनमै अलआउट भयो । भारतले ३२९ रन बनाएर लक्ष्य पूरा गर्यो ।पहिलो टेस्टको एक इनिङमा जम्मा ३६ रन बनाएर हार बेहोरेको भारतले बाउन्स ब्याक गरेर शृंखला जित्नु आफैंमा ऐतिहासिक उपलब्धि हो । चार टेस्ट म्याचको शृंखलामा भारत २–१ ले विजयी भएको हो ।
अस्ट्रेलियाविरुद्ध अन्तिम टेस्टमा भारत ३ विकेटले विजयी
सवालनेपालसंवाददातामंगलबार, ५ माघ २०७७

अस्ट्रेलियाविरुद्ध अन्तिम टेस्टमा भारत ३ विकेटले विजयी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



