भारत सरकारले कोरोनाको भ्याक्सिन सुरक्षित भएको बताउँदै यसबारे कुनै शंका नपाल्न अनुरोध गरेको छ । नीति आयोगका सदस्य डाक्टर विके पालले कोरोना भ्याक्सिन सुरक्षित भएको कुरा आँकडाले नै स्पष्ट पार्ने बताएका छन् ।
बुधबार एक पत्रकार सम्मेलनमा उनले भने, ‘कोरोना महामारी समाप्त गर्नका लागि भ्याक्सिनको विषयमा कुनै पनि हिच्किचाहट हुनु हुँदैन किनभने भ्याक्सिन लगाउनु नै महामारी चाँडै नै समाप्त गर्ने एउटा बाटो हो ।’
डाक्टर विके पालले भने, ‘म आफैंले भारत बायोटेकको कोभ्याक्सिन लगाएको छु । मलाई यसको कुनै साइड इफेक्ट देखिनँ । तर सबैमा यस्तै हुन्छ भन्ने पनि छैन तर तपाईंले डाटा भने हेर्नुपर्छ । डाटाले बताउँछ कि कोभ्याक्सिन र कोविशिल्ड दुबै सुरक्षित छन् ।’
उनले थपे, ‘पूरा संसार भ्याक्सिन पाउने कोसिसमा छ । यदि हामी अहिले पनि यसलाई अपनाउँदैनौं भने यो दुःखद हुनेछ । म सबै स्वास्थ्यकर्मीलाई यसको समर्थन गर्न अपिल गर्नेछु । कोभिड–१९ बाहेक अन्य स्वास्थ्य सेवा पनि हामीले सुरु गर्नुपर्नेछ र जसले कोरोना भ्याक्सिन पाइरहेका छन्, उनीहरुले बिना हिच्किचाहट यो लगाउनुपर्छ ।’
यस्तै स्वास्थ्य सचिव राजेश भूषणले स्वास्थ्य मन्त्रालयले विस्तृत तरिकाले साइड इफेक्टबारे दैनिक डाटा संकलित गरिरहेको छ ।
"Vaccine hesitancy has to extinguish before the #COVID pandemic extinguishes." – Dr. V. K. Paul @NITIAayog #LargestVaccineDrive #United2FightCorona @PMOIndia @drharshvardhan @AshwiniKChoubey @PIB_India @COVIDNewsByMIB @mygovindia @CovidIndiaSeva pic.twitter.com/8RxtE63ODP
— Ministry of Health (@MoHFW_INDIA) January 19, 2021
उनले भने, ‘एड्भर्स इफेक्ट फलोइंग इम्युनाइजेशनको अर्थ कोही बेहोस हुनु वा व्यक्तिलाई अस्पताल नै भर्ना गर्नुपर्ने हो कि भन्ने भ्रमलाई हामीले हटाउनुपर्छ । भ्याक्सिन लगाएपछि कुनै व्यक्ति चिन्तित हुनु वा तनावमा हुनुलाई पनि साइड इफेक्टको रुपमा हेर्ने गरिन्छ । यो १०–१५ मिनेट वा एक कप चिया खाएपछि हराएर जानसक्छ ।’
यसै हप्ता भारत सरकारले फ्रन्ट लाइन वर्करलाई कोरोनाको भ्याक्सिन लगाउने ठूलो अभियान सुरु गरेको छ । भारतले अनुदानस्वरुप नेपाललाई दिएको खोप ल्याउने प्रक्रिया सुरु भइसकेको छ । भारतले नेपाललाई यही साताभित्र अनुदानस्वरुप खोप उपलब्ध गराउने तयारी थालेको छ । भारतले आज ९बुधबार०देखि क्रमिक रूपमा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान, म्यानमारलगायतका देशलाई खोप अनुदानमा उपलब्ध गराउने प्रक्रिया अघि बढाउने भएको हो ।
भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोरोनाविरुद्धको खोप‘कोभिसिल्ड’ आपूर्ति गर्न आज बुधबारदेखि प्रक्रिया अघि बढाइने भारतस्थित विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ ।
#LargestVaccineDrive#Unite2FightCovid
More than 6.31 lakh healthcare workers vaccinated against #COVID19 across the country.
No severe/serious AEFI reported in any State today.https://t.co/zaNYvRvqPM pic.twitter.com/jCUYwizJyC
— Ministry of Health (@MoHFW_INDIA) January 19, 2021



