लोकप्रिय टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजनमा सञ्चालन गर्ने सिधा कुरा जनतासँग कार्यक्रम अब नहुने भएको छ । रवि ५ वर्षपछि न्युज २४ टेलिभिजनबाट बाहिरिएका हुन् ।

बुधबार साँझ एक पोष्ट सेयर गर्दै लामिछानेले भोलि प्रसारण हुने कार्यक्रमनै न्युज २४ टेलिभिजनमा बज्ने अन्तिम कार्यक्रम हुने उल्लेख गरेका छन्।

उनी नयाँ आउन लागेको टेलिभिजनमा जान लागेको र सोही टिभीबाट कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ । लामिछानेले सिधा कुरा जनतासँग कार्यक्रमलाई अझ परिस्कृत, सशक्त बनाएर नयाँ टेलिभिजनबाट पुनः दर्शकमाझ आउने बताएका छन् । उनी चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तोता हुन् । उनी टेलिभिजनको कार्यक्रम विभागमा प्रमुख कार्यकारी निर्माता एवं प्रस्तोताका रूपमा कार्यरत थिए ।

उनले सामाजिक संजाल फेसबुकमा भावुक हुँदै लेखेका छन् भोलि प्रशारण हुने कार्यक्रमसँगै न्युज २४ टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछौ। यो साथ,सहयोग र अवसारकालागि सम्पुर्ण न्युज २४ परिवार सहित अध्यक्ष आदरणीय अनिल जोशी ज्यु तथा निर्देशक अदिश जोशी ज्यु प्रति आभार व्यक्त गर्दछु। मलाई विश्वास गरि मार्गदर्शन समेत गर्नु हुने आदरणीय निर्मल राज पौडेल/निता पौडेल तथा सम्पुर्ण वेलकम ग्रुप प्रति विशेष आभार व्यक्त गर्दछु।

रवि लामिछाने नेपालबाट अमेरिका पलायन भएका नेपाली पत्रकार हुन् । सन् २०१३ को अप्रिलमा नेपालको न्युज २४ टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन् ।

रवि लामिछाने अहिले न्युज २४ टेलिभिजनबाट सिधाकुरा जनतासंग कार्यक्रम चलाउछन्। वि.सं. २०७६ भाद्र महिनामा उनका सहकर्मी शालिकराम पुडासैनीको देहत्याग पश्चात्, उनले रेकर्ड गरेको भिडियोको आधारमा रवि लामिछानेलाई प्रहरीले पक्राउगरी अदालतमा पेश गरेको थियो। पछि यथेष्ट प्रमाण नपुगेको भन्दै चितवन जिल्ला अदालतले आगामी दिनमा मुद्दाको बारेमा अन्तर्वार्ता नगर्ने शर्तमा पाँच लाख धरौटीमा रिहा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah