बुधबार बसेको वागमती प्रदेश सभामा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रिता माझीले मुलुकको आर्थिक समृद्धि चाहने हो भने धान्नै नसक्ने प्रदेश खारेज गरि यो अधिवेशनलाई अन्तिम अधिवेशन बनाउन शुभकामना दिएकी छिन्।सभामा बोल्दै सांसद माझीले गरिब, भोका, कोरोनाबाट पीडित जनताका लागि नभई पद, प्रतिष्ठा र कुर्सीको लागि राजनीतिक माहोल तातिनु राम्रो नभएको यसले अस्थिरता ल्याउने जिकिर गरिन् ।सांसद माझीले अहिलेको व्यवस्था सफल नभएको र फेल भएको बताउँदै अबको विकल्प निरन्तरतासहितको परिवर्तनलाई संस्थागत गर्नुको विकल्प नभएको र सो को लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताइन् । सांसद माझीले देशले धान्नै नसक्ने संघीयता खारेज गरि निर्वाचनको विकल्पमा जानु पर्ने बताइन् ।बैठकमा डोरमणि पौडेल, इन्द्र बानियाँ, अष्टलक्ष्मी शाक्य, रमेश पौडेल, रिना गुरुङ्ग, सुरेन्द्रराज गोसाईले शुभकामना राखेका थिए ।
खर्च धान्नै नसक्ने प्रदेशसभा खारेज गर्न सांसद रिता माझीको माग!
सवालनेपालसंवाददाताबिहीबार, ७ माघ २०७७

खर्च धान्नै नसक्ने प्रदेशसभा खारेज गर्न सांसद रिता माझीको माग!
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
प्लेनको असुरक्षित यात्रा, नीति कि नियती ?

यो पनि पढ्नुहोस् »
संस्कारमा अब्बल निजि बिद्यालय
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

प्लेनको असुरक्षित यात्रा, नीति कि नियती ?
सोमबार, २ माघ २०७९
संस्कारमा अब्बल निजि बिद्यालय
सोमबार, २७ भदौ २०७९
''नागरिकता विधेयक प्रतिरोधको मुद्दा हो।''- भरत दाहाल
मंगलबार, ३१ साउन २०७९
"राजनीति नेपालको सबैभन्दा ठूलो र आकर्षक जागिर" -भिम उपाध्याय
बिहीबार, १९ जेठ २०७९
किन हाम्रा नेता, मन्त्री, धनीमानी सार्वजनिक यातायात चढ्दैनन् ?
बिहीबार, ५ फागुन २०७८



