काठमाडौं, ८ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले माधव नेपालले ‘मलाई र प्रचण्डजीलाई’ जेल हाल्ने तयारी भएको छ भनेर गरेको दाबीमा कुनै सत्यता नभएको भन्दै त्यसलाई बेकारको कुराको संज्ञा दिएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री त्रिपाठीले यस्तो बताएका हुन् । उनले भने,‘हामीकहाँ भूमि शेरचनले लेख्नुभएको थियो नि–यो हल्लैहल्लाको देश हो । मान्छे प्रचार गरेनन् भने..जेल हाल्नुपर्ने के कारण छ कसैलाई ?’ पार्टीले त कसैलाई जेल नहाल्ने र पार्टीको निर्णयले नहुने पनि उनले तर्क गरे । नेताहरुलाई जेल हाल्ने कुरा अफवाह मात्रै भएको उनको तर्क छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पनि यस्तो चाहना नभएको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर