भारतको कर्नाटकमा ट्रकमा बिस्फोटमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ।

शिवमोगा जिल्लामा बिहीबार राति ट्रकमा बिस्फोट भएको र त्यसमा ज्यान गुमाउनेको संख्या बढि हुन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जिटेलिनसहितको ट्रकमा मजदुर पनि सवार रहेको खुलेको स्थानीय प्रहरीले बताएको छ। राति साढे १० बजेतिर भएको बिस्फोटको आवाज छिमेकी चिकमंगलुरु जिल्लासम्म सुनिएको थियो।

कम्तिमा पनि ५० डाइनामाइट ब्लाष्ट भएको त्‍यहाँका स्थानीयहरुले दाबी गरेका छन्। जसका कारण आसपासका घरका शिशा समेत फुटेका छन्। उक्त विष्फोटको गन्ध भने ८ देखि १० किलोमिटरसम्‍म महसूस भएको थियो। शिवमोगा कर्नाटकको मुख्‍यमन्त्री बीएस येदियुरप्पाको गृहजिल्ला हो।

यता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शवमोगा विस्फोटमा मृत्‍यु भएकाप्रति दु:ख र मृततका परिवारप्रति समवेदना व्‍यक्त गरेका छन्। साथै घाइतेहरुलाई राज्‍य सरकारले राहत दिने आश्वासन दिएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah