अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेनले हालै सञ्चार माध्यमसंग कुराकानी गरेका छन् ।कुराकानीको क्रममा बाइडेनले अमेरिकामा खोप अभियान तिव्र गरिएको बताएका छन्।अहिले कोभिड-१९ संग जुध्नु सबैभन्दा ठूलो चूनौती भएको उनले बताएका छन् ।यसबाहेक अमेकिराका नागरिकलाई खोप लगाउन आफुहरुलाई महिनौं लाग्ने तितो सत्य पनि उनले बताएका छन् ।बाइडेन भन्छन् ‘जबसम्म हामी यो काम पुरा गर्न सक्दैनौं, तबसम्म हामीले ती उपायहरुलाई अपनाउन पर्छ, जसबाट संक्रमण कम गर्न सकिन्छ । अझै ९९ दिन हामीले मास्क लगाउनु आवश्यक छ । यो हाम्रो अगाडि आउने १०० दिनको चुनौती हो । यो एक किसिमको देश भक्ति पनि हो । मैले यसबारेमा एउटा आदेशमा पहिला नै हस्ताक्षर गरिसकेको छु ।अब प्लेन, ट्रेन अथवा बसहरुमा मास्क लगाउनु आवश्यक छ । हामी युद्धमा भए जस्तो स्थितिमा छौं।’



