एलन मस्कले सबैभन्दा राम्रो कार्बन क्याप्चर प्रविधिलाई १०० मिलियन डलर पुरस्कार दिने घोषणा गरेका छन् । उक्त १०० मिलियन डलर पुरस्कार एउटा प्रतिस्पर्धा मार्फत दिइनेछ ।

प्रतिस्पर्धाको विवरण चाँही अर्काे हप्ता आउने बताइएको छ । कार्बन क्याप्चर प्रविधिले वातावरणमा रहेको हानी पु¥याउने तत्वलाई हटाएर मौसम परिवर्तनको बढ्दो दरलाई कम गर्ने गर्दछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो भन्दा पहिले एक्स प्राइजले पनि यस्तै खालको प्रतिस्पर्धा गराएको थियो र अन्तिम राउण्डका पाँच जना प्रतिस्पर्धाीलाई २० मिलियन डलर पुरस्कार प्रदान गरेको थियो ।

तर मस्कको प्रतिस्पर्धाले एक्स प्राइज भन्दा पाँच गुणा बढि रकम दिने भएको छ । यो भन्दा पहिले पनि वातावरण जोगाउनका लागी यस्तो खालको प्रोजेक्टहरु आयोजना भइरहने गर्दछन् ।

हालैमा ईएफपीएलले गाडीहरुले निकाल्ने ९० प्रतिशत हानीकारक पदार्थलाई लिक्वीड सीओटू मा परिणत गर्ने कार्बन क्याप्चर प्रविधि ल्याएको थियो ।