नवगठित राष्ट्रिय जनता पार्टीको मुख्य राजनीतिक आधारक्षेत्र २ नम्बर प्रदेश हो । सोही प्रदेशमा नै राजपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिल झा, राजकिशोर यादव र शरत्सिंह भण्डारीले राजनीति गर्दै आएका हुन् ।

तर, काँग्रेसले आफ्नो गढ ठान्ने र मधेसी दलहरुले पनि आफ्नो आधारभूमि मान्ने सो प्रदेशमा स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा एमालेले अपेक्षाकृत रुपमा सफलता पाउने अनुमान गर्न थालिएको छ ।

पछिल्लो समय एमालेले २ नम्बर प्रदेशमा चमत्कारिक परिणाम ल्याउने गरी निर्वाचनको तयारी अघि बढाएपछि अरु राजनीतिक दलहरु आ–आफ्नै हिसाबले रणनीति बनाउन लागिपरेको बुझिएको छ ।

सो प्रदेशका केही मधेसकेन्द्रित दलले एमालेलाई मधेसविरोधीका रूपमा चित्रित गर्ने प्रयास नगरेका होइनन् । तर पनि मधेसमा चामत्कारिक परिणामसहित पहिलो दल बन्ने गरी एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा तयारी गर्दैछ ।

२ नम्बर प्रदेशमा १ सय २७ स्थानीय तह छन् । जसमा वीरगञ्ज महानगरपालिका, सिमरा, कलैया र जनकपुर उपमहानगरपालिकाका साथै राजविराज, लहान, मलंगवा, गौरजस्ता सहरहरु पर्दछन् । ती तहमध्ये कम्तीमा पनि ४५ प्रतिशत सिट जित्ने गरी एमालेले तयारी अघि बढाएको छ ।

उक्त प्रदेशमा २६ लाख ६४ हजार ७ सय ९२ मतदाता छन् । ३ हजार ५ सय ६६ मतदान केन्द्रमा निर्वाचन हुँदै छ । २ नम्बर प्रदेशमा विशेषतः राजमार्ग उत्तर भेग र आसपास एमालेको पकड राम्रै छ ।

तर, राजमार्गबाट दक्षिणतिर नगरपालिका र गाउँपालिकामा भने कांग्रेस र मधेसकेन्द्रित दल मुख्य प्रतिस्पर्धी रहेका कारण एमालेले उम्मेदवार चयनदेखि नै सूक्ष्म ढंगले तयारी अघि बढाएको बताइन्छ ।

दक्षिण क्षेत्रमा एमालेले पूर्वनेता–कार्यकर्तालाई घर फिर्ता गरेर टिकट दिने, मधेसकेन्द्रित दलका लोकप्रिय नेताहरूलाई पार्टी प्रवेश गराएर जिम्मेवारी नै दिने रणनीति अख्तियार गरेपछि अरु दलहरुसमेत आत्तिन थालेका छन् ।

सोही क्रममा सिरहाको लहानमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गत संविधानसभामा थोरै मतबाट पराजित लोकप्रिय नेता मुन्नी साहलाई पार्टीमा प्रवेश गराएर एमालेले मेयरमा उठाउने निर्णय गरिसकेको छ ।

लोकप्रिय र प्रभावशाली व्यक्तित्व साहको प्रवेशले लहानमा एमालेले जित सुनिश्चित गरिसकेको चर्चा चलिरहेको छ । त्यस्तै रौतहटको सदरमुकाम गौर नगरपालिकामा लोकप्रिय व्यवसायी शम्भु साह एमालेमा प्रवेश गरेका छन् । साहले उक्त नगरको मेयरमा टिकट पाएका छन् भने सप्तरीको राजविराजमा फोरमबाट पार्टी प्रवेश गरेका सुखराम यादवलाई टिकट दिएको छ ।

‘२ नम्बर प्रदेशमा पार्टीको अवस्था निकै मजबुद बन्दै गएको छ, हामी कांग्रेसलाई पछि पार्दै पहिलो दल बन्नेछौं’, निर्वाचनको तयारीमा व्यस्त प्रदेश संयोजक सत्यनारायण मण्डलले भने, ‘कम्तीमा ४५ प्रतिशत सिट जितेर चामत्कारिक परिणाम हासिल हुनेमा विश्वस्त छौं ।’

तराईमा बढीभन्दा बढी सिट जित्ने रणनीतिका साथ एमालेले राजमार्ग दक्षिणका गाउँपालिकामा उम्मेदवारी चयनमा केही ढिलाइ भएको नेताहरूको भनाइ छ । चुनावमा भाग लिने कि नलिने भन्ने मधेसकेन्द्रित दलको द्विविधाबाट फाइदा लिँदै एमालेले ती दलका नेता–कार्यकर्ता भित्र्याउने र कतिपय लोकप्रियलाई टिकट दिने रणनीति अख्तियार गरेको हो ।

स्थानीय तहको पहिलो निर्वाचनमा १ सय २५ सिटसहित पहिलो दल बनेको नेकपा (एमाले) ले २ नम्बर प्रदेशमा विशेष अभियानसहित चुनावी मैदानमा अघि बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah