काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीेले शनिबारको नेपाल बन्द आह्वान सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । सो पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै नेपाल बन्द कार्यक्रम सफलतापूर्व सम्पन्न भएको जनाएका हुन् । विप्लवले नेपाल बन्द सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन्।महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्ः ‘नेपाल बन्द लगायत संघर्षका कार्यक्रमहरुमा सहयोग पुर्याउनुहुने राजनीतिक पार्टी, नेता, कार्यकर्ता, यातायात व्यवसायी लगायत सम्पूर्ण संघसंसथा, बुद्धिजीवी, नागरिक अगुवा, पेसा व्यवसायी, सञ्चारकर्मी तथा सम्पूर्ण जनसमुदायप्रति हार्दिक धन्यवाद व्यक्त प्रकट गर्दछौं ।’ उक्त पार्टीले गत पुस २९ गते केन्द्रीय सदस्य धर्मेन्द्र बास्तोला लगायत नेता कार्यकर्ताहरुको गिरफ्तारीविरुद्ध नेपाल बन्दको आह्वान गरेको थियो ।
नेपाल बन्द आह्वान सफलःनेत्रबिक्रम चन्द "विप्लव"
सवालनेपालसंवाददाताआइतबार, १० माघ २०७७

नेपाल बन्द आह्वान सफलःनेत्रबिक्रम चन्द "विप्लव"
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०



