काठमाडौं। बाँदर शब्द सुन्न साथ अस्थिर, चञ्चल, उग्र, अधैर्य जस्ता शब्द मनमा खेल्छन्। व्यापहारिक जीवनमा पनि बाँदर शब्दको प्रयोग र उदाहरण अराजकता,उश्रृङ्खलता जो आफू पनि नगर्ने र अरुलाई पनि गर्न नदिने स्वभावको व्यक्तिलाई बाँदर उपनाम दिइन्छ।मानवको पुर्खा बाँदर हो। बाँदरबाट नै स्वरुप फेरिँदै मान्छे भएको भन्ने उखान छ। त्यसो भए पुर्खासँग हाम्रो दृष्टिकोण किन गलत भयो त? बाँदर मानव समुदाय कै वरिपरी बस्न रुचाउँछ। बाँदरसँग कस्तो मानवीय सम्बन्ध छ त ?यो धेरैको कौतुहलताको बिषय बनेको छ। बाँदर खानाको हिसाबले सर्वहारी प्राणी हो। स्वभावको हिसाबले राीि नहिँड्ने दिनमा मात्र हिँड्ने प्राणी हो। बाँदर र मानिसको इतिहास हेर्दा ३०/४० लाख वर्ष पहिलेसँगै भएको हो। प्राणी सृष्टि निर्माणको क्रममा पुच्छर भएको बाँदर भयो, पुच्छर नभएको मान्छे भयो भन्ने इतिहास छ।‘बाँदर र मानसिको सम्बन्ध २ किसिमको छ। पहिलो पक्ष बाँदर मान्छेसँग नजिक भएकाले मित्रतापूर्ण छिमेकी जस्तो। अथवा एउटै बंश जस्तो। अर्को पक्ष मान्छे जस्तै तर मानिस भन्दा चलाख भएका कारण उसले गरेका कामलाई मानिसले चकचके भनेर वर्णन गरेको अवस्था छ,’ बाँदरविद् डा. मुकेश चालिसे भन्छन्।डा. चालिसेका अनुसार बाँदरको उपयुक्त बासस्थान भनेको जंगल भन्दा मध्यवर्ती क्षेत्र र मानव समुदायको वरीपरी हुन्छ। ‘बाँदर घनघोर जंगलमा हिंस्रक जनावरको त्रासले मानव समुदाय नजिक बस्छ भने मानिसहरुले प्रयोग गर्ने बनस्पती, खाद्य कन्दमुलहरु एउटै हुन्छ,’ डा. चालिसेले डिसी नेपालसँग भने, ‘जंगलमा खाद्यकन्दमुल मानिसहरुले जगेर्ना गर्ने हुँदा पनि उनीहरु मानव समुदाय नजिक बस्न रुचाउँछन्।’

बाँदर पौराणिक इतिहास रामायण युद्धमा पनि मान्छेको साथी हो। मानव सभ्यताको चरणमा हरेक जाति प्रजातिलाई बिभिन्न तरिकाबाट आफ्नो नजिक पार्ने प्रयास हरेक धर्म संस्कृतिमा पाइन्छ। त्यसै अनुरुप रामायण युद्धमा पनि बिभिन्न अवतारहरुको वर्णन र बिभिन्न खालको उपयोगमा ल्याउने जीवजन्तु मध्ये बाँदरहरु पनि भगवान रामको सेनाको रुपमा उपयोग भएको पाइन्छ।प्रारम्भिक चरणमा मानव प्राणी अन्य प्राणीहरुमा आश्रित थिए। दुधका लागि गाई, खनजोत गर्न गोरु, हतियारका लागि हाड, सिङ, शरीर ढाक्न छाला, आगो बाल्न बोसो, खानका लागि मासु प्रयोग भए जस्तै बाँदरहरु पनि हाम्रो धर्म र संस्कृतिमा प्रयोग भएको प्राणी हो।धर्मको विभिन्न प्रतीकको रुपमा बाँदर, गाई, सिंह, माछा, बाघ, बराहको चित्रहरु प्रयोग गरिन्छ मानिस र जनावर बीचको सहअयस्तित्व स्वीकार गरेर उस्को महत्वलाई अगाडि बढाउन भनेर र उसको बिभिन्न सवल पक्षहरुलाई अगाडि बढाउनका लागि बाँदर लगायत अन्य जनावर प्रयोग भएको पाइन्छ।

पशुपतिनाथ मन्दिरमा बाँदरको थलो कसरी भयो? डा. चालिसे भन्छन्, ‘पशुपतिमा प्रशस्त बाँदर देखिनुमा दुईवटा कारण छ, प्रमुख कारण भनेको बाँदरहरुले आहाराका लागि कष्ट गर्नुपर्दैन, त्यँहा सहजै खानेकुरा उपलब्ध हुन्छ। व्रतालु, धार्मिक, तिर्थालु र पर्यटकहरुले रमाइलो लागि खानेकुरा दिने बानी भएकाले सहज खानेकुरा आपूर्तिका लागि बाँदरहरु त्यो क्षेत्रमा लोभिएका हुन्।’डा. चालिसेले अगाडि भने, ‘काठमाडौं उपत्यकामा पहिले प्रशस्त पोखरी र पानीको मुहान थिए, घनाजंगलमा पानीको स्रोतहरु नभएपछि पशुपति,स्वयम्भूलगाएत धार्मिक स्थलहरुमा जंगलबाट आएर बस्न थालेका हुन्। बाँदर हुँदा प्रकृतिलाई फाइदा छ। प्रकृति आफैंमा विभिन्न बोटबिरुवा, वनस्पती, फूलहरुको सुन्दर थलो हो। प्रकृतिलाई जीवन्त राख्न बीउहरु छरिन्छ, बाँदरहरुले खाएको फलफूल, बनस्पतीहरु उसको दिसाको माध्यमबाट एक ठाँउबाट अर्काे ठाँउमा छर्नलाई मद्दत गर्छ,उनीहरुको दिसामा बिउ र बिरुवा उमार्ने शक्ति धेरै हु्न्छ, जसले गर्दा जंगलको बृद्धीकरण र प्रसारण हुन्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय