टर्कीको इस्तानबुलमा कुकुरको बफादारिता देखेर धेरै मानिस दंग परेका छन्।कुकुरका मालिकको ब्रेन सर्जरी गरिएको थियो र उनी एक हप्तासम्म अस्पतालमा बस्नुपरेको थियो । मालिक भित्र रहँदा कुकुर चाहिँ अस्पतालको प्रांगणमा उनलाई कुरिरह्यो।बोनकुक नामक सानो कुकुरको बफादारिता देखेर अस्पतालका कर्मचारी पनि प्रभावित भए । पछि अस्पताल प्रशासनले कुकुरलाई मालिकसँग भेट्न अनुमति दियो ।मालिकको नाम सेमल सेन्तुर्क हो । जनवरी १४ मा मस्तिष्कको शल्यक्रियाका लागि उनलाई अस्पतालमा भर्ना गरिएको थियो।सेन्तुर्कलाई एम्बुलेन्समा राखेर अस्पताल लग्दा कुकुरले पनि पछ्यायो । ऊ अस्पतालको प्रवेशद्वारसम्मै पुग्यो ।पछि ऊ नियमित अस्पताल पुग्न थाल्यो । हरेक बिहान ऊ अस्पताल पुग्ने गर्थ्यो । कहिलेकाहीँ अस्पतालका कर्मचारीहरूले उसलाई खाना दिन्थे ।शल्यक्रिया सम्पन्न भएर सेन्तुर्क अस्पतालमा निस्किएपछि कुकुर खुशी हुँदै मालिकको ह्वीलचेयरसँगै दौडियो र पुच्छर हल्लाइबस्यो।सेन्तुर्क आफ्नो प्यारो कुकुरको बफादारिता देखेर फुरुंग छन्।
https://youtu.be/ySapTdpo870?t=7शल्यक्रियाका लागि भर्ना भएका सेमल सेन्तुर्क लाई १हप्ताअस्पतालमा कुर्यो कुकुरले !(भिडियो)
सवालनेपालसंवाददाताआइतबार, १० माघ २०७७

शल्यक्रियाका लागि भर्ना भएका सेमल सेन्तुर्क लाई १हप्ताअस्पतालमा कुर्यो कुकुरले !(भिडियो)
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



