भारत र चीनको सैनिकबीच फेरि झडप भएको छ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार सिक्किम क्षेत्रमा गत हप्ता भएको झडप साेमबार मात्रै थाहा भएकाे हाे।

झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएकाे स्राेतलाइ उद्धृत गर्दै इन्डिया टुडेले जनाएकाे छ।

सो झडप नाकु ला क्षेत्रमा भएको बताएको छ। भारतीय पक्षले चिनियाँ सेना एक साताअघि भारतीय भूभागभित्र प्रवेश गरेको र उनीहरुलाई सो स्थानबाट हटाउन भारतीय सेना सफल भएको दाबी गरिएको छ।

‘प्रतिकूल मौसमी अवस्थाको बाबजुद हामीले सफलता प्राप्त गरेका छौँ’, स्रोतहरुलाई उद्धृत गर्दै इन्डिया टुडेले जनाएको छ।

यसअघि लद्दाख क्षेत्रमा दुवै पक्षबीच झडप भएको थियो। सो क्रममा २० भारतीय सैनिक मारिएका थिए।

त्यतिबेला चीनतर्फ हताहती भएको बताइए पनि यस विषयमा औपचारिक रुपमा केही जानकारी गराइएको छैन।

चीन र भारत सैनिकहरुबीच सीमा क्षेत्रमा तनाव कम गर्न लद्दाख वार्ता भइरहेको समयमा पूर्वी क्षेत्रमा झडप भएको समाचार आएको हो।

सीमा विवाद उत्कर्षमा पुगेको बेला आइतबार मात्र भारत र चीनका सेनाबीच नवौं चरणको वार्ता भएको थियो।

पैदल गस्तीमा रहेको चिनियाँ सैनिकहरुले नियन्त्रण रेखा पार गरेपछि झडप भएको भारतीय पक्षले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah