मुम्बई(एजेन्सी)–बलिउड कमेडियन कपिल शर्माको कमेडी शो ‘द कपिल शर्मा शो’ले दर्शकलाई भरपुर मनोरञ्जन दिने गरेको छ ।यो शोमा अतिथीका रुपमा आउन बलिउड तथा साना पर्दाका जोकोही कलाकार लालयित हुन्छन् र आएर आफ्नो फिल्मको प्रमोसन गर्छन् । कोभिड–१९ को महामारीका कारण केही समय बन्द भएको यो शो पुनः सुचारु भइरहेको छ । तर अब भने शोको यो सिजन सकिने तयारीमा छ।समाचार अनुसार अब शोको यो सिजन चाँडै नै ‘अफ एयर’ हुँदैछ । शो समूहले यो विषयमा चाँडै नै आधिकारिक घोषणा गर्दैछन् । यो सिजन सकिएपछि कपिलको टिम नयाँ सिजनको तयारीमा जुट्नेछन् । दर्शकमाझ लोकप्रिय र टेलिभिजनमा बढी माग गरिएको यो शोको नयाँ सिजन हेर्नका लागि केही समय पर्खिनुपर्नेछ ।शोमा कपिलका अलावा भारती सिंह, कीकू शारदा, कृष्णा अभिषेक र अर्चना पूरण सिंहको प्रमुख उपस्थिति छ । लकडाउनपछि यो शो दर्शकबिना नै सञ्चालन भइरहेको छ । तर पनि शोको लोकप्रियतामा कमी आएको छैन । यसका निर्माताहरु अहिलेको शोलाई बन्द गरेर नयाँ शो ल्याउन चाहिरहेका छन् ।त्यसो त केही समय अघि मात्र कपिलले आफू नेटफ्लिक्सको माध्यमबाट आफ्नो डिजिटल ‘डेब्यू’ गर्न चाहेको बताएका थिए । उनले इन्स्टाग्राममा एक भिडियो शेयर गरेका छन् । ‘यो एक खुशीको खबर छ । हल्लामा विश्वास नगर्नुहोला । ममाथि विश्वास गर्नुहोस् । म चाँडै नै नेटफ्लिक्समा देखिदैछु’, उनले भनेका छन् ।
किन बन्द हुँदै छ‘द कपिल शर्मा शो’
सवालनेपालसंवाददातासोमबार, ११ माघ २०७७

किन बन्द हुँदै छ‘द कपिल शर्मा शो’
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



