नेदरल्यान्ड्समा तेस्रो दिन लगातार प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । बढ्दो कोरोना संक्रमणपछि जारी गरिएको लकडाउनको विरोध गर्दै मानिसहरु सडकमा उत्रिएका हुन् । जसमा हालसम्म देशभरबाट २५० जना पक्राउ परिसकेको स्थानीय मिडियाले जनाएको छ ।

नेदरल्यान्ड्समा १० लाखभन्दा धेरै मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् भने १३ हजार ५०० जनाको यसबाट मृत्यु भएको छ । सरकारले अहिले महामारी सुरु भएदेखिकै सबैभन्दा कडा लकडाउन जारी गरेको हो जसमा राति ९ बजेदेखि बिहान ४ः३० बजेसम्म कर्फ्यु जारी गरिएको छ । दोस्रो विश्वयुद्धपछि पहिलोपटक नेदरल्यान्ड्समा यस किसिमको नियम लागु गरिएको हो । कसैले नियम उल्लंघन गरे ११५ डलरसम्मको जरिवाना तोकिएको छ ।

नेदरल्यान्ड्समा गत अक्टोबरदेखि नै देशभरका रेस्टुरेन्ट र बारहरु बन्द छन् छ । स्कुललगायत अन्य व्यवसायहरु पनि गएको महिनादेखि बन्द गराइएको छ । नयाँ प्रकारको भाइरसको डरले बेलायत, दक्षिण अफ्रिका र दक्षिण अमेरिकाबाट उडान हुने विमानमाथि पनि प्रतिबन्ध लगाइएको छ ।

कोरोनासम्बन्धी नयाँ नियमको विरोधमा सोमबार भएको प्रदर्शनमा देशभरका विभिन्न सहरहरुमा हिंसात्मक दृश्य देखियो । धेरै क्षतिबारे रिपोर्ट गरिएपछि एम्सरडर्ममा पनि ठूलो संख्यामा प्रदर्शनकारीहरु पक्राउ परेको बताइएको छ । यसअघि, रोटरडमका मेयरले आपत्कालीन निर्देशन जारी गरेका थिए । जसले प्रहरीहरुलाई पक्राउ गर्नेसम्बन्धी अझ बढी शक्ति दिलाएको छ ।

आइतबारको हिंसात्मक झडपलाई डच प्रहरीहरुले चार दशककै सबैभन्दा खराब किसिमको हिंसा र अशान्ति भनेर व्याख्या गरेका थिए । शनिबारको आन्दोलनमा कोभिड परीक्षणका केन्द्रहरुमा पनि आगजनी गरिएको थियो । उता, प्रहरीले एकजना ३९ वर्षीय व्यक्तिलाई पत्रकारहरुविरुद्ध धम्कीपूर्ण सन्देश पोस्ट गरेको आरोपमा पक्राउ गरेको छ । विभिन्न सहरमा मेयरहरुले आपत्कालीन उपाय अपनाइ थप क्षतिबाट जोगाउने वचन दिइरहेका छन् ।

प्रधानमन्त्री मार्क रुटले आन्दोलनको कडा शब्दमा निन्दा गर्दै यसलाई ‘अपराधिक हिंसा’ ठहर गरेका छन् । सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस्तो कदापि स्वीकार गर्न नसक्ने बताए । उनले भने, “यी मानिसहरुको विरोध प्रदर्शनसँग कुनै लेनदेन छैन । यो पूर्ण रुपमा अपराधिक हिंसा हो र हामी त्यसैअनुरुप यसमाथि कारबाही अघि बढाउनेछौँ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah