१३ माघ, पाँचथर । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली अध्यक्ष नरहेको बताएका छन् । ताप्लेजुङमा आयोजित भेलामा नेपालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ओलीलाई अध्यक्षबाट हटाइसकेको बताए ।निर्वाचन आयोगको निर्णयपछि ओलीले अझै अध्यक्ष छु भने पनि पार्टीले हटाइसकेको नेपालले बताए । ‘४४१ मध्ये ३०० जना बसेर अध्यक्षबाट निकाली सकिएको छ । अब ओली नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष होइनन्’, नेपालले भने । ओलीलाई नेकपाको नाम समेत नलिन चेतावनी दिँदै नेपालले भने, ‘यदि, अध्यक्ष नै बन्ने मन छ भने ओली गुटको अध्यक्ष लेखे हुन्छ।गुटको अध्यक्ष बन्नुहोस्, घरको अध्यक्ष बन्नुहोस्।’

निर्वाचन आयोगले ४४१ सदस्यीय कमिटीलाई मान्यता दिएको र ७० प्रतिशतले ओलीलाई हटाइसकेकाले उनी अध्यक्ष नरहेको नेपालले बताए ।नेकपासँगै सूर्य चिन्ह पाउने आशा मार्न पनि नेपालले आग्रह गरे । ‘सूर्य पाउन आशा नगर्दा हुन्छ । बयलबाडा लिएर गए हुन्छ’, उनले भने। केपी ओली निर्वाचनबाट आएको तानाशाही भएको आरोप लगाए । वामदेव गौतमले ओलीलाई सुर्धाछु भन्नु बालुवा पेलेर तेल निकाल्ने कुरा भएको नेपालले टिप्पणी गरे।जनताको बहुदलीय जनवाद (जबज)सँग ओलीको साइनो सम्बन्ध नभएको उनले बताए ।जबजका तीन विशेषता सुनाउँदै नेपालले भने, ‘उहाँको मुखबाट जनताको बहुदलीय जनवाद निस्कने कुरा पनि बेकारको कुरा हो ।’जबज भनेको पार्टीको लोकतान्त्रिकरण, सामाजिक न्याय र प्रशासनको लोकतान्त्रिक भएको र ओलीसँग यी कुनै पनि आँचरण नभएकाले जबजसँग साइने नरहेको नेपालले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah