
काठमाडौं । चीनले दक्षिणी सागरमा सैन्य अभ्यास जारी राख्ने जनाएको छ । अमेरिकी विमान बाहक समूहले सो समुद्री सागरमा यात्रा गरेको उजुरी परेलगत्तै चीनले सैन्य अभ्यास जारी राख्ने जनाएको हो ।
अमेरिकी सेनाको टोलीले दक्षिणी चीनको सागरमा समुद्री स्वतन्त्रता बढाउन जल यात्रा गरेको चीनले जनाएको छ । राष्ट्रपति जो बाइडेनले पद सम्हाले लगत्तै अमेरिकी सेनाले सो क्षेत्रमा अनधिकृत रुपमा प्रवेश गरेको चीनको आरोप छ ।
चीनको समुद्री सुरक्षा प्रशासनले जारी गरेको सूचनामा यही जनवरी ३० सम्म दक्षिण पश्चिम चीनको लिजौ प्रायद्वीपको पश्चिमतर्फको केही भागमा प्रवेशमा रोक लगाएको थियो ।