गौरादह ,१३ माघ । झापाको गौरादह नगरपालिका वडा नम्बर ८ का राजकुमार ताजपुरिया आफना ससुराली नाता पर्ने आफन्तसंग पौने ३ लाख रुपैयाँ लिएर फरार भएका छन् । गत बर्ष मसिंरमा झापा, मेचीनगर इटाभट्टा घर भएकी सानीमा सासु पर्ने एक महिलामार्फत २ लाख ७५ हजार रुपैयाँ घर बनाउन भन्दै रकम लिएर फरार भएका हुन् । फरार भएपछि ताजपुरियाको दुई नावालक छोरासहित श्रीमती सुनिता विचल्लीमा परेका छन् ।
उनले श्रीमती सुनिता धिमाल ताजपुरियासंगै ससुराली घर कमल ६ मंगलबारे आएका र ससुरालीमा घर बनाउने पैसा माग्दा आफुहरुसंग पैसा नभएको र सानीमासंग माग्न सकिने बताएपछि दम्पत्तीद्धय मेचीनगरको इटाभट्टास्थित सानीमाको घर गएका थिए । सानीमाको घरबाट पैसा लिएर आएको एक हप्तापछि राजकुमारले श्रीमती सुनितामाथि गाली गलौज, कुटपिट गर्ने गरेको र असुरक्षित महसुस गरेपछि माइतीघर आएकी थिइन् । आफनो श्रीमानवाट धेरैपटक त्यस्तो यातना पाएको उनले सुनाईन् । उनले भनिन्,–‘कहिले वडा कार्यालय कहिले गाउँमै उजुरी गरिएपनि पटक पटक त्यही दुव्र्यवहार सहनुपरेको छ’
त्यसैवेला राजकुमारले छिमेकी टोलकी रुम्जनी ताजपुरियालाई लिएर एकाएक फरार भएको पीडित सुनिताले बताइन् । त्यसरी फरार भएका उनी श्रीमतीको सम्पर्कमा छैनन् ।
अहिले सानीमाले पैसाका लागि ताकेता गरिरहेको , श्रीमानले आफैंलाई छोडेर फरार भएको कारण आफु पीडित भएको सुनिताले पत्रकारहरु माझ सुनाएकी छिन् । उनले कान्छी श्रीमति ल्याएर फरार भएका राजकुमारलाई घर परिवारले संरक्षण गरेर लुकाएको र स्थानीय प्रहरीमा निवेदन दिदा समेत सुनुवाई नगरेको सुनिताको गुनासो छ । इलाका प्रहरी कार्यालय गौरीगञ्जमा निवदेन दिएको वर्षदिन भईसक्यो प्रहरीले खोजतलासमा खासै चासो नदिएको पीडित सुनिताको भनाई छ । प्रहरीमा कुरा गर्दा काम गरिरहेका छौं भनेर आलटाल गरिआएको पीडित परिवारको आरोप छ । पीडितकी आमाले भनिन, –‘वर्षदिनमा पनि एक जना फरार मान्छे पक्राउ नपर्दा झनै पीडित वन्नुपरेको छ ’ ताजपुरियाका ६ बर्षिय छोरा आकास र ३ बर्षिय छोरा विकास छन् ।
https://youtu.be/E9sYjw1qY-I



