नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजित भएर दुई धार बनिसके पनि आफ्नो एकता अभियान नरोकिने बताएका छन्। बुधबार ललितपुरमा पार्टी एकता राष्ट्रिय अभियान घोषणा कार्यक्रममा बोल्दै उपाध्यक्ष गौतमले नेकपा व्यवहारिक र राजनीतिक रुपमा फुटिसकेको स्वीकारेका छन्।’नेकपा व्यवहारिक र राजनीतिक रुपमा फुटिसकेको छ। तर अझै पनि कानुनी रुपमा फुटिसकेको छैन। म यो विभाजनको प्रत्यक्षदर्शी हो’,उनले भने, ‘निर्वाचनबाट झण्डै दुईतिहाइ बहुमत ल्याएर  सरकार बनाउने ठाउँमा पुगेको यो पार्टीको गौरव एकतामै बढ्ने थियो। हाम्रो देशको नयाँ विशेषतामा आधारित समाजवाद हेर्न संसारका मान्छे आउने भनेर खुसी भइरहेको अवस्थामा पार्टी फुट्यो।’

उनले १३ वर्ष लामो मिहिनेतपछि एकता भएको पार्टी एकै छिनमा फुटेको भन्दै चित्त दुखाए। ‘१३ वर्ष लगाएर एकता गरेको पार्टी एकैछिनमा फुट्यो।जुट्नुभन्दा निर्माणको शक्ति ठूलो हुन्छ भन्ने कुरा बुझ्दाबुझ्दै पनि हाम्रो पार्टीका नेताहरुले पार्टी फुटाउनुभयो’, उनले भने,  उनले केपी ओली र प्रचण्डको नेतृत्वमा २ समूह निर्माण भएको बताए। ‘उहाँहरु नेकपाका दुई अध्यक्ष हुनुहुन्थ्यो तर अहिले उहाँहरु दुई समूहको नेता बन्नुभएको छ’,उनले भने,’पार्टी र सरकार बनाउने नेताहरु नै दुई चिरामा विभक्त भएका छन्।

एकथरी निर्वाचनमा जानैपर्छ र अर्कोथरी प्रतिनिधिसभा विघटन हुनैपर्छ भनेर लाग्नुभएको छ। वैशाखमा चुनाव हुने हो भने ओली समूहले बहुमत ल्याउँछु भन्छ।अर्कातिर दुई वर्षपछि निर्वाचन हुने हो भने हामी बहुमत प्राप्त गर्छौ भनेर प्रचण्ड समूहले भनिरहेको छ।’गत निर्वाचनमा  नेकपाको पक्षमा ठूलो लहर आएको उनले बताए।’गत निर्वाचनमा नेकपाको पक्षमा ठूलो लहर आएको थियो । हामी दुई पार्टी मिलेर गएको मत जम्मा ४३ लाख थियो’, उनले भने, तर नेपाली कांग्रेसले प्राप्त गरेको मत ३० लाख थियो। अहिलेसम्म केही मत बढेको हुन सक्छ। हामीले प्राप्त गरेको मत बाँडिने हो भने साढे २१ लाख हुन्छ। फुटेर जाँदा पक्का मत विभाजित हुन्छ। दुवै पक्षले हार्ने मात्रै हो।’फुटको अवस्थामा निर्वाचन भएमा दुवै समूहले हार्ने पक्का रहेको उनले बताए।’त्यसबेलाको मत सबैको बढेको होला तर अहिलेको अवस्थामा हामी निर्वाचनमा जाने हो भने दुवै समूहले हार्ने पक्का छ’, उनले भने, ‘नेताहरूले फुटेर पनि बहुमत ल्याउँछौँ भन्नुभएको छ। तर त्यो सरासर गलत छ।’

फुटेर बहुमत ल्याउँछौँ भन्ने कुरालाई लिएर वामदेवले आफैँसँग तुलना गरे।आफूले २०५४ सालमा एमाले फुटाएर माले बनाउँदा एक सिट पनि नजितेको घटना उनले स्मरण गरे। ‘ फुटेर पनि मत प्राप्त गर्छौँ भनेर मैले ४ वर्षसम्म भाषण गर्दै हिँडे’, उनले भने, ‘तर एमालेबाट फुटेर गएको मेरो पार्टी नेकपा मालेले देशभरबाट एउटा पनि सिट ल्याउनै सकेन।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah