बिष्णुप्रसाद पोखरेल
दमक/कक्षा २ मा हिमालय माबि कक्षा २ मा अध्ययनरत रहेकी ९ बर्षिया बालिका गंगा दाहालको हत्याका केहि रहस्यहरु अकल्पनीय रहेकाछन् ।

घटना अघि र घटनापछिका बिवरणहरुले घटना फिल्मि शैलीमा भएको देखिएको छ । हत्या छिमेकी ठूलो बुबा अर्थात लक्ष्मिप्रसाद अधिकारीले गरेको स्वीकार गरेको प्रहरीले जनाइसकेको छ । एक युवतीको बलात्कारको घटना लुकाउन हत्या गरिएको भनिएको छ । हत्यासंग जोडिएका केहि रहस्यहरु यस्ता रहेकाछन् ।

रहस्य नं. १

दाहालको घरबाट केहि समय अघि एकलाख रुपिया हराएको थियो । हत्यारा भनिएका अधिकारीलाइ उक्त घर परिवारले शंका गरेको थियो । स्थानीयहरुलाइ समेत यस बिषयमा थाहा थियो । तर पनि उनि दाहालको घरमा आवतजावत मज्जाले गर्थे । उनलाइ उक्त हत्या भएको दाहालको घरमा रोकतोक कुनै थिएन । चोर आरोप लागेका ब्याक्ति बारम्बार त्यहाँ किन जान्थे ?

रहस्य नं. २
घटना हुनु केहि समय अगाडि अधिकारी आफ्नो नाति स्कूलमा लिन भनेर साइकलमा हिडेका थिए । हत्या भएकी बालिकाकी आमा पनि त्यहाँ नजिकै कहि जान लागेकाले त्यहि साइकलमा चढेर हिडेकी थिइन् । बीचमा नानी स्कूलबसमा आएछ भनेर बीचबाट नै हत्यारा भनिएका अधिकारी फर्किएका थिए । उनि फर्केर सरासर दाहालको घरमा नै गएको प्रहरी बताउछ । घर नगएर दाहालको घरमा किन गए अधिकारी ?

रहस्य नं. ३
प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको बिवरणमा हत्यारा भनिएका अधिकारी सरासर घरमाथि चढेको र हत्या भएकी बहिनी सुतिरहेको तर दिदी तल काम गरिरहेको बताईएको छ । दिदी माथि चढेको र दिदीको हात समाएर जबरजस्ति गर्न खोज्दा बहिनीले देखेर अधिकारीलाइ तानेको र आवेगको त्यहि नजिकै रहेको बन्चरोले हानेर हत्या गरेको भनिएको छ । साढे ४ बजे घर आएकी बहिनी खाजा खाएर सुतेको र निदाएको भनिएको छ तर हत्या पौने ५ बजे भनिएको छ । यो कसरी मेल खान्छ ?

रहस्य नं.४
दिदीलाइ घटना भएपछि कसैलाइ नभन्न र भनेमा आमा र भाइलाइ मार्ने धम्कि दिएका कारण झण्डै २ घण्टा घटनाको बिषयमा थाहा नभएको भनिएको छ । दिदी घरमा सामान्य अवस्थामा काम गरिरहेको र नुवाइधुवाइ गरेर घटनापछि पनि बसेको बताइन्छ । त्यहि नजिकै थ्रेसर लगाइरहेका मान्छेहरुको आवतजावत पनि थियो भनिन्छ तर किन घटनाको बिषयमा कोहि पनि नजाने जस्तो भए ?

रहस्य नं. ५
घटना भएपछि त्यो रात तिनै हत्या स्विकार गरेका अधिकारीको घरमा नै भाइ, दिदी सहित परिवार बसेको भनिएको छ । अधिकारी त्यो दिन कुनै डर नमानि कसरी घरमा रहन सके ? अधिकारी बिहानमात्र पक्राउ परेका थिए । यत्रो अपराध गर्दा पनि उनलाइ त्यत्रो आँट, भरोसा कसरी आयो होला ? यो सम्भव छ ?

रहस्य नं. ६
बन्चरोले नाबालिकाको यति बिभत्स हत्या भएको छ कि सायदै कसैले कल्पना नै गर्न सकिन्न । तर पेशवर हत्याराजस्तो बन्चरो प्लाष्टिक प्रयोग गरेर हातले समाएको, उक्त प्लाष्टिक त्यहि अगेनेमा डढाउन खोजेको, घरमा हत्याको प्रत्यक्षदर्शी बनेकी दिदीको मौनता, बन्चरो पखालेर राखिएको जस्ता त्यहाँका सपुत प्रमाणहरुले घटना आवेगमा र अन्जानमा भएको कसरी मान्न सकिएला ?

प्रहरीले हत्यारा पत्ता लगाएको छ । हत्यारा पक्राउ परेकाछन् । पक्कै अनुसन्धानले यसको जवाफहरु निस्केलान् । तर यो आततायि बर्बर र बिभत्स हत्या दमकबासीले बिर्सन सक्दैनन् । यस्तो घटना कहि कहिल्यै नहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah