काठमाण्डौ –विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को युरोपेली शाखाले बिहीबार युरोपमा भाइरस नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध कम गर्न अझै निकै हतार हुने बताएको छ।डब्ल्यूएचओका युरोपका क्षेत्रीय निर्देशक हान्स क्लुगले भजे,‘डब्ल्यूएचओ युरोपेली क्षेत्रका ५३ देशमध्ये ३० देशमा गएको १४ दिनमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा उल्लेखनीय ह्रास आएको तर अझै पनि यहाँको सङ्क्रमण दर धेरै रहेको छ।’उनले भने,‘कोभिड–१९ सङ्क्रमण दर युरोपभरि अझै उच्च छ जसका कारण युरोपेली देशहरूको स्वास्थ्य प्रणालीलाई महामारीले प्रभावित पार्न सक्छ र सेवाहरूलाई तनावपूर्ण बनाउन सक्छ।त्यसैले सङ्क्रमणका नियन्त्रणका लागि लगाइएका प्रतिबन्धलाई सहज बनाइहाल्नु गलत हुन सक्छ।’यो क्षेत्रको मात्रै तीन प्रतिशत जनसङ्ख्यामा यस पहिले सङ्क्रमण पुष्टि भइसकेको छ।महामारीका कारण यसअघि नराम्रोसँग प्रभावित भएका क्षेत्रहरूमा सङ्क्रमण फेरि फैलिनसक्ने जोखिम कायम रहने उनले बताए। डब्ल्यूएचओका अनुसार युरोपेली क्षेत्रमा रुस र धेरै मध्य–एसियाली देशहरू रहेका छन्।यस क्षेत्रका ३५ राज्यले खोप अभियान सुरु गरेका छन्।
डब्ल्यूएचओले भन्यो,‘युरोपमा भाइरस नियन्त्रणका उपाय हटाउन हतार नगरियोस्’
सवालनेपालसंवाददाताशुक्रबार, १५ माघ २०७७

डब्ल्यूएचओले भन्यो,‘युरोपमा भाइरस नियन्त्रणका उपाय हटाउन हतार नगरियोस्’
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



