चितवन।चितवनको भरतपुर महानगरपालिकाले प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार भरतपुरमा गर्न लागेको सिटी हल र पुल्चोक–गोन्द्राङ सडक निर्माणको शिलान्यास कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको छ।महानगरले शुक्रबार चितवनमा पत्रकार सम्मेलन गरी आफूहरूको पहलमा निर्माण सुरु भइसकेको आयोजना प्रधानमन्त्रीले पुनः शिलान्यास गर्न खोजेको भन्दै बहिष्कार गर्ने निर्णय गरेको हो।महानगर प्रमुख रेणु दाहालले प्रधानमन्त्रीको शिलान्यास मोह स्थानीय सरकारको अधिकारमाथि हस्तक्षेप र संघीयतामा केन्द्रीकृत शासनको झल्को दिएको टिप्पणी गर्नुभयो।महानगरले गौरवको रूपमा लिएको सिटी हल निर्माण र पुल्चोक–गोन्द्राङ सडकलाई ६ लेनको बनाउने आयोजनाको शिलान्यासका लागि प्रधानमन्त्री शनिबार चितवन जाने कार्यक्रम छ।चितवनको पुल्चोक–गोन्द्राङ ६ लेनको सडक १ अर्ब १२ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको छ।
ओलीको कार्यक्रम भरतपुर महानगरले बहिष्कार गर्ने
सवालनेपालसंवाददाताशुक्रबार, १५ माघ २०७७

ओलीको कार्यक्रम भरतपुर महानगरले बहिष्कार गर्ने
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



