काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा थप ३ जना नेपालीको ज्यान गएको छ।गैरआवासीय नेपाली संघका अनुसार यो हप्ता बेलायतमा  ३ जनाको सङ्क्रमणका कारण ज्यान गएको हो । योसहित विदेशमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या ३ सय ३० जना पुगेको छ ।गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार  शनिबार साँझसम्म विभिन्न  ५० देशमा रहेका  ५८ हजार ६ सय ९५ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ।तीमध्ये  ५५ हजार ७ सय ९३ जना कोरोना मुक्त भएका छन्।यो कुल सङ्क्रमितको ९४ प्रतिशत हो।

समितिका अनुसार यो हप्ता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीहरुमा कोरोना सङ्क्रमण देखिएको छ।स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाले काेराेना भाइरस विरुद्धको खोप लिइसकेको व्यक्तिबाट पनि अन्यलाई भाइरस सर्न सक्ने भन्दै सतर्क रहन सुझाव दिनुभएको छ।अहिलेसम्म कुनैपनि खोपको प्रभावकारिता शत प्रतिशत नदेखिएकाले  खोप लगाइसकेपछि पनि सङ्क्रमण हुँदैन वा आफूबाट अरुलाई सर्दैन भन्नेमा ग्यारेन्टी नहुने उहाँको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय