काठमाडौं – कुवेतले भारि संख्यामा नेपाली महिला कामदारको माग गरेको छ । कुवेतको दाना एण्ड ब्रेकरी ट्रेडिङ कम्पनीले १५० महिला कामदारको माग गरेको छ । कम्पनीले क्लिनर कामदारको माग गरेको हो।

योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । जसको तलब खान बस्न सहित २८ हजार भन्दा बढि नेपाली रुपैयाँ हुनेछ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ ।

अन्तरवार्ता दिप ज्योति मेनपावर सर्भिस प्रा लि को कार्यालय सिनामंगल काठमाडौंमा यही माघ २६ गते देखि फागुन १० गते सम्म हुने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बीमाको रकम, भिसा स्ट्याम्पीङ शुल्क, कामदारले बेहोर्नु पर्ने छ ।

साथै हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बीमाको रकम, रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर