एजेन्सी, २० माघ । चीनमा कोरोना विरुद्धको नक्कली खोप बनाएको आरोपमा ८० जनालाई पक्राउ गरेको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार प्रहरीले जियांग्सु, बीजिंग र शानडोंगबाट ३ हजार नक्कली खोप समेत उनीहरुलाई पक्राउ गरेको हो ।ग्लोबल टाइम्सका अनुसार प्रहरीले गत बर्ष सेप्टेम्बरमा गिरोहले उच्च मूल्यमा खोप वितरण गरेको जानकारी पाएको थियो सोही अनुसन्धानका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।नियन्त्रणमा लिएका ८० जनाको बयान अनुसार उक्त खोप मुलुकबाहिर पनि बिक्री वितरणको तयारी भइरहेको ग्लोबल टाइम्सले जनाएको छ।उनीहरूले सिनोभ्याक खोप भन्दै उक्त नक्कली खोप मुलुकबाहिर पठाउने तयारी गरिरहेको पनि ग्लोबल टाइम्सले जनाएको छ।सांघाइस्थित एक खोप विज्ञले ग्लोबल टाइम्सलाई भने, ‘खोपको कुनै असर छैन र यसले कुनै स्वास्थ्य समस्या पनि गराउँदैन।उक्त गिरोहले पैसाका लागि नक्कली खोप बिक्री गरेको पाइएको छ । उनीहरुको मानिसहरुलाई घात गर्ने उद्देश्य भएको देखिँदैन ।’चीनमा २ कम्पनी सिनोवाक र सिनाफार्मलाई मात्र खोप लगाउन जिम्मा दिइएको छ। दुबै कम्पनीहरूले अन्य धेरै देशहरूमा खोपहरू पठाउँदै आएका छन् ।
चीनमा कोरोनाको नक्कली खोप, ८० जना पक्राउ
सवालनेपालसंवाददातामंगलबार, १९ माघ २०७७

चीनमा कोरोनाको नक्कली खोप, ८० जना पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



