दैलेख। दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन् । गाउँपालिकामा रहेका एकल पुरुषले पटकपटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६/७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो ।गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेपछि भत्ता पाउने भएका हुन् । उनीहरलाई मासिक रु ५०० भत्ता दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ,गाउँपालिकाले ऐन निर्माण गरी गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने ५५ वर्षमाथिका एकल पुरुषलाई माघदेखि भत्ता दिने निर्णय गरेको अध्यक्ष नगेन्द्रबहादुर मल्लले जानकारी दिए । ‘भत्ता ६÷६ महिनामा वितरण गरिनेछ’, अध्यक्षले भने ।त्यसैगरी विवाह नगरी बसेकी महिलालाई पनि भत्ता दिने निर्णय भएको अध्यक्ष मल्लले बताए । तर महिलाको उमेर हदबारे भने छलफल भइरहेको र एकल पुरुष र अविवाहित महिलाहरूको लगत सङ्कलन गर्ने काम भइरहेको छ ।
अविवाहित महिला र एकल पुरुषले पनि भत्ता पाउने
सवालनेपालसंवाददातामंगलबार, १९ माघ २०७७

अविवाहित महिला र एकल पुरुषले पनि भत्ता पाउने
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
मिस नेपाल २०२३ का २४ प्रतियोगी

यो पनि पढ्नुहोस् »
कदम थिएटरमा गाई कि त्रिशुल नाटक मञ्चन हुँदै
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

मिस नेपाल २०२३ का २४ प्रतियोगी
सोमबार, १ जेठ २०८०
कदम थिएटरमा गाई कि त्रिशुल नाटक मञ्चन हुँदै
सोमबार, १ फागुन २०७९
आगलागी पीडितलाई सुदर्शन सहकारीद्वारा आर्थिक सहयोग
सोमबार, ३ असोज २०७९
१२ करोड खर्चेर हिमालबाट ३५ टन फोहोर उठाउँदैछ सेना
बुधबार, ११ फागुन २०७८
मंगलबार पनि घट्यो सेयर बजार, कारोबार खुम्चियो
मंगलबार, ११ माघ २०७८



