साउदी अरेबिया : साउदी सरकारले कोरोना भाइरसलाई मध्यनजर गर्दै २० देशका नागरिकलाई अनिश्चितकालीन आगमनको लागि साउदीमा रोक लगाएको छ। साउदीमा केही सातादेखि कोरोना भाइरस संक्रमित संख्या र मृत्युदर संख्या दैनिकी रूपमा बढ्दो छ।भाइरसको नियन्त्रणको लागि सरकारले ३ फेब्रवरी २०२१ देखि अनिश्चितकालीन समयका लागि अर्जेन्टिना, संयुक्त अरब अमीरात, जर्मनी, संयुक्त राज्य अमेरिका, इन्डोनेसिया, आयरल्यान्ड, इटली, पाकिस्तान, ब्राजिल, पोर्तुगल, युनाइटेड किंगडम, टर्की, दक्षिण अफ्रीका, स्वीडेन, स्विजरल्याण्ड, फ्रान्स, लेबनान, इजिप्ट, भारत र जापान देशका आप्रवासी नागरिकलाई साउदी आगमनमा रोक लगाएको छ।

हवाई उडान समेत अवस्था अनुसार चालू गर्ने जानकारी गराएको छ।साउदी सरकारले कोरोना भाइरसलाई मध्यनजर गर्दै जल, स्थल र हवाइ यातायातमा लगाएको प्रतिबन्ध थप गरी आगामी १७ मई २०२१ देखि मात्रै आवागमन खुल्ला गर्ने जानकारी गरेको छ। सरकारको महानिर्देशनालय जवाजतले साउदीमा कार्यरत अप्रवासीहरू एक्जिट तथा रि-रेन्ट्री भिषामा स्वदेश गएर सो समय अवधिभित्र  साउदी अरेबिया फर्कन असफल भएमा पुन साउदी अरेबिया फर्कन ३ वर्षको प्रतिबन्ध लागु हुने नियमसमेत जारी गरेको छ भने साउदी सरकारले अमेरिकी सेनासँगको संयुक्त सैनिक अभ्यासको तेस्रो चरण सुरू गरेको छ। जसमा अमेरिकी बम बर्षक बिमान बि ५२ का साथ साउदी रोयल फोर्सका जेटहरूको समेत सहभागी रहेको छ।साउदीमा कोरोना भाइरसबाट हालसम्म ३ लाख ६८ हजार ६ सय ३९ जना संक्रमित हुनुको साथै ६ हजार ३ सय ८३ जनाको मृत्यु भएको छ। ३ लाख ६०  हजार १ सय १० जना कोरोना संक्रमित निको भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah